काठमाडौँ, ६ साउन । कांग्रेस महामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्री बालेन साहले फेसबुकबाट कर फिर्ताको घोषणा गरेकोप्रति आपत्ति प्रकट गरेका छन् ।
प्रधानमन्त्री बालेनको कर फिर्ताको निर्णय सही भए पनि विधि लत्याएर स्वेच्छाचारी ढंगले अघि बढ्ने छुट कसैलाई नभएको उनले बताए । ”लोकतान्त्रिक व्यवस्था र यसका अभ्यासलाई सामाजिक सञ्जालको भित्तामा लगेर विसर्जन गर्ने अधिकार कसैलाई छैन,”उनको भनाइ छ ।
प्रधानमन्त्री बालेन साहले मंगलबार फेसबुकमार्फत समता शीर्षकमा सरकारले लिने भनेको कर फिर्ता गरिएको घोषणा गरेका थिए । कर फिर्ता गर्दा मन्त्रिपरिषद्बबाट निर्णय गरेर प्रक्रिया अघि बढाउनुपर्नेहुन्छ । मन्त्रिपरिषद्को निर्णयलाई संसद्मा जानकारी गराएर राजपत्रमा सूचना प्रकाशित गरेपछि मात्रै कर फिर्ता कार्यान्वयनमा अघि बढ्छ ।
आज बस्ने मन्त्रिपरिषद्को बैठकबाट कर फिर्ताको निर्णय लिने सरकारको तयारी छ । पौडेलले बिजुलीमा सरकारले लगाएको अतिरिक्त कर पनि हटाउनुपर्ने माग गरेका छन् ।






