कांग्रेसद्वारा ‘मानव सहायता कल्याण कोष’ स्थापना, सुकुमवासीलाई सहयोग गर्ने

काठमाडौँ, ६ साउन । नेपाली कांग्रेसले पार्टी सदस्यबाट संकलित सदस्यता शुल्कको केही हिस्सा उपयोग गर्दै ‘मानव सहायता कल्याण कोष’ स्थापना गरेको छ ।

बीपी कोइरालाको स्मृति दिवसको अवसरमा बुधबार आयोजित ‘ग्रिन रन’ कार्यक्रममा कांग्रेसका सभापति गगन थापाले कोष स्थापनाको जानकारी दिएका हुन् । उनका अनुसार कोषयमा सुरुआतमै १० लाख रुपैयाँ जम्मा भएको छ । उक्त रकम हाल विस्थापित भएका सुकुमवासी परिवार, विशेषगरी एकल महिला र उनीहरूका बालबालिकाको शिक्षामा सहयोग गर्न खर्च गरिने सभापति थापाले जानकारी दिए ।

थापाले ‘ग्रिन रन’ कार्यक्रम जलवायु परिवर्तनबारे जनचेतना फैलाउन मात्र नभई सामाजिक उत्तरदायित्वको ठोस सुरुआत गर्ने उद्देश्यले आयोजना गरिएको बताए । जलवायु परिवर्तनलाई नेपालको विकासको प्रमुख एजेन्डा बनाउन कांग्रेसले नीति र कार्यक्रममार्फत अघि बढाउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ साउन । दाङमा बन्दै गरेको घरको पानी ट्यांकीमा दुई जनाको शव फेला परेको छ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा

काठमाडौँ, ६ साउन । बजारमा केराको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज केराको

काठमाडौँ, ६ साउन । मोरङको विराटनगर महानगरपालिका –१८ झटियाही बुधनगरबाट कटुवा पेस्तोल र लागूऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको

काठमाडौँ, ६ साउन । दोलखामा पहिरोमा परि एक व्यक्ति बेपत्ता भएका छन् । आज बिहान गौरीशङ्कर गाउँ पालिका–९ स्थित सिर्पिङ