बीपी कोइरालाको ४४ औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ, ६ साउन । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४४ औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

नेपालमा लोकतन्त्र स्थापनाका लागि २००७ सालको जनक्रान्तिको नेतृत्व गरेका बीपी २०१५ सालको पहिलो आम निर्वाचनपछि देशको प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका थिए। 

वि.सं १९७१ भदौ २४ गते जन्मिएका बीपीकाे घाँटीको क्यान्सरका कारण २०३९ साउन ६ गते निधन भएको थियो । उनै बीपीको स्मृति दिवसमा नेपाली कांग्रेसले जलवायु परिवर्तन सम्बन्धी विशेष सचेतना कार्यक्रम आयोजना गरेकाे छ ।

राजनीतिक जीवनका साथै नेपाली साहित्यमा पनि उनको योगदान महत्त्वपूर्ण छ । उनका ‘सुम्निमा’, ‘तीन घुम्ती’, ‘नरेन्द्रदाइ’, ‘मोदीआइन’, ‘हिटलर र यहुदी’ तथा ‘बाबु, आमा र छोरा’ लगायतका उपन्यासहरू नेपाली साहित्यका कालजयी कृति मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ साउन । मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दैछ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज दिउँसो तीन बजे बैठक बोलाएका

झापा, ६ साउन । मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२-८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख

काठमाडौँ, ५ साउन । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू स्वदेश फर्कन लागेको जानकारी गराएका छन् ।

काठमाडौँ, ५ साउन । नेपाली कांग्रेसले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर खारेज गर्ने सरकारको निर्णयको सकारात्मक भएको