अभिनेता अमिताभ बच्चन अस्पताल भर्ना

काठमाडौँ, ५ साउन । बलिउडका दिग्गज अभिनेता अमिताभ बच्चन अस्पतालमा भर्ना भएका छन् ।

सोमबार आफ्नो ब्लगमार्फत अभिनेताले आफू अस्पतालमा भर्ना भएको, शल्यक्रिया गराएको र केही समय सघन उपचार कक्ष (आईसीयू)मा बसेको जानकारी दिएका छन् । 

यद्यपि पोस्टमा उनले कहिले, कुन अस्पतालमा, किन र कति दिन उपचार गराए भन्ने विवरण भने सार्वजनिक गरेका छैनन् । ब्लगमा उनले लेखेका छन्,‘शल्यक्रियापछि अनुभवी चिकित्सक र स्वास्थ्यकर्मीहरूको निगरानीमा आईसीयूमा बसेर उपचार गराएपछि घर फर्किनु नै सबैभन्दा कठिन चरण हुने रहेछ।’

उनका अनुसार यो समय शारीरिक, मानसिक र दैनिक जीवनका सबै पक्षबाट चुनौतीपूर्ण हुन्छ । उनले लेखेका छन्, ‘तपाईं जीवनभर सम्मानित विजेता हुनुभएको हुन्छ, तर एक दिन हार तपाईंको सामुन्ने उभिन्छ । यही जीवनको सबैभन्दा कठिन समय हो,’ । अमिताभले केही मानिस कठिन परिस्थितिसँग साहसपूर्वक जुध्ने र केहीले हार मान्ने गरेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरेको छ ।

काठमाडौँ, १९ असोज । काठमाडौँबाट प्रहरीले ९ जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार गोकर्णेश्वर नगरपालिका–९ गैरीगाउँ सुनखरी टोलस्थित एक

काठमाडौँ, १९ असोज । इन्टरनेट सेवा प्रदायकहरूले आजदेखि सस्तो र कम स्पीडका प्याकेज बन्द गरेको छ । इन्टरनेट सर्भिस प्रोभाइडर

काठमाडौँ, १९ असोज । धनुषामा एक विवाहित महिला आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ कपिलेश्वरमा