कमल बुढाथोकीको जीवन बचाउन आर्थिक सहयाेगकाे अपिल

काठमाडौँ, ४ साउन । ललितपुरको गोदाबरी नगरपालिका वडा नं. १२ ठेचो बस्ने ३४ वर्षीय कमल बुढाथोकीको आफन्तले धुलिखेल अस्पतालको शैयाबाट जीवन बचाईदिन आग्रह गरेको छ ।

केही दिनदेखि टाउँकोमा गम्भिर चोट लागेका बुढाथोकीको टाउँकोको नशााहरु सुकेर अचेत अबस्थामा अस्पताल भर्ना भई टाउँकोको शल्यक्रिया गरेकोे एक साता बितिसक्दा पनि स्वास्थ्य जटिल रहेको र आर्थिक अभावका कारण उपचार कठिनाई आएको छ ।

गरिब र निकै विपन्न परिवारमा रहेका बुढाथोकीको नजिकका आफन्तबाट संकलिन करिब तीन लाखको सहयोग रकमसमेत सकिए पछि आर्थिक अभावले जकडिएका बुढाथोकीलाई आर्थिक सहयोग गरिदिन आमनागरिकमा आग्रह गरेका हो ।

आमनागरिकको थोरैसहययोग रकमले थप उपचारमा सहयोग पुग्ने र ज्यान बच्ने आशाका साथ आर्थिक सहयोगको आग्रह गर्दै सिद्धार्थ बैंकमा रहेको खाता नं. ०२११५०८०९८१ मा सहयोग रकम जम्म गरिदिन वा क्यूआर गरिदिन अस्पतालको शैयाबाट आग्रह गरिएको छ ।

विरामीका लागि औषधि किन्ने पैसाको समेत अभाव भएको, अस्पताललाई तिर्नु पर्ने रकम नभएको र थप उपचारका लागि समस्या परेको भन्दै सहयोगका लागि आग्रह गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ साउन । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको नयाँ समर्थन बिक्री मूल्य निर्धारण गरेको छ ।  आज चितवनमा बसेको

काठमाडौँ, ५ साउन । आज पनि सेयर बजार बढेको छ । आज बजार परिसूचक नेप्से ७.२५ अंक बढेको छ । यो

काठमाडौँ, ५ साउन । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र तपाइ हाम्रो सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ

काठमाडौँ, ५ साउन । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १ हजार रुपैयाँले