पुँजी बजारका समस्या निराकरण गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

काठमाडौँ, ४ साउन । प्रधानमन्त्री बालेन्द्र शाहले पुँजीबजारको समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

आज पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज, धितोपत्र ब्रोकर र लगानीकर्ताका प्रतिनिधिहरुसँगको भेटमा प्रधानमन्त्री शाहले पुँजी बजारमा ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् ।

आवश्यक नीति निर्माणसँगै बजारका समस्या समाधान गर्न सरकार तयार रहेको बताउँदै प्रधानमन्त्री शाहले यो बजारमार्फत लगानी वृद्धि, रोजगारी सृजना र राजस्वमा योगदान पुग्नुपर्ने बताएको बैठकमा सहभागीहरुले बताए ।

बैठकमा सहभागी इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष अम्बिका पौडेलका अनुसार बजारमार्फत लगानी वृद्धि र रोजगारी सृजना हुनपर्ने र  आवश्यक सहजीकरण गर्न सरकार तयार रहेको प्रधानमन्त्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ साउन । नेपाली कांग्रेसले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर खारेज गर्ने सरकारको निर्णयको सकारात्मक भएको

काठमाडौँ, ५ साउन । हिन्दु सम्राट सेनाले श्रम संस्कृति पार्टीका कार्यकर्तालाई जानकी मन्दिरबाट लखेटेपछि सो पार्टीका अध्यक्ष हर्क राई (साम्पाङ)ले जानकी

काठमाडौँ, ५ साउन । सर्वोच्च अदालतले राष्ट्रिय वाणिज्य बैंकबाट ७ वर्षको एकमुष्ट निवृत्तिभरण (पेन्सन) लिएर स्वैच्छिक अवकाशमा गएका कर्मचारीहरूले सोही

काठमाडौँ, ५ साउन । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र तपाइ हाम्रो सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ