घरजग्गा कारोबारबाट एकै वर्षमा पौने ६१ अर्ब राजस्व

काठमाडौँ, ४ साउन । सरकारले आर्थिक वर्ष २०८२/८३ मा घरजग्गा कारोबारबाट ६० अर्ब ७३ करोड ७२ लाख रुपैयाँ राजस्व उठाएको छ । यो आर्थिक वर्ष २०७९/८० यता सबैभन्दा धेरै हो । आर्थिक वर्ष २०७९/८० मा ४१ अर्ब १५ करोड ७६ लाख रुपैयाँ राजस्व उठेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ । 

आर्थिक वर्ष २०८०/८१ मा ४२ अर्ब ४२ करोड २ लाख रुपैयाँ राजस्व उठेको थियो । आर्थिक वर्ष २०८२/८३ मा महिनाअनुसार हेर्दा गएको असारमा सबैभन्दा बढी ११ अर्ब ९४ करोड ८९ लाख रुपैयाँ उठेको छ ।

कुल १ लाख ९३ हजार २८ पटक घरजग्गा कारोबार भएको थियो । साउनदेखि २.५ प्रतिशत पुँजीगत लाभकर वृद्धि हुने र कित्ताकाट पनि रोकिने भएकाले असारमा घरजग्गा कारोबार बढेको व्यवसायी बताउँछन् । चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले घरजग्गाको स्वामित्व पाँच वर्ष वा सोभन्दा बढी कायम भएको सम्पत्ति बिक्रीबाट नाफा कमाए साढे ७ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था गरेको छ । यसअघि पाँच प्रतिशत थियो । पाँच वर्षभन्दा कमको स्वामित्व भएको घरजग्गा कारोबारमा १० प्रतिशत पुर्‍याइएको छ । यसअघि ७.५ प्रतिशत थियो । १ साउनयता यो कर कार्यान्वयनमा आइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ साउन । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू स्वदेश फर्कन लागेको जानकारी गराएका छन् ।

काठमाडौँ, ५ साउन । नेपाली कांग्रेसले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर खारेज गर्ने सरकारको निर्णयको सकारात्मक भएको

काठमाडौँ, ५ साउन । सर्वोच्च अदालतले राष्ट्रिय वाणिज्य बैंकबाट ७ वर्षको एकमुष्ट निवृत्तिभरण (पेन्सन) लिएर स्वैच्छिक अवकाशमा गएका कर्मचारीहरूले सोही

काठमाडौँ, ५ साउन । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार