अमेरिकी सम्झौता उल्लङ्घनले ट्रम्पको हस्ताक्षर मूल्यहीन देखायो : खामेनी

एजेन्सी, ३ साउन । इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले अमेरिकाले बारम्बार सम्झौता उल्लङ्घन गरेको आरोप लगाउँदै यसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्ताक्षर पूर्ण रूपमा मूल्यहीन र विश्वसनियता रहित देखाएको बताएका छन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार शनिबार जारी लिखित वक्तव्यमा खामेनीले इरान र अमेरिकाका राष्ट्रपतिबिच भएको समझदारी पत्र पटक–पटक उल्लङ्घन गरिएकाले ट्रम्पमाथि विश्वास गर्न नसकिने बताएका हुन् ।

‘अमेरिकाले बारम्बार गरेको सम्झौता उल्लङ्घनले राष्ट्रपति ट्रम्पको हस्ताक्षर पूर्ण रूपमा मूल्यहीन र विश्वसनीयताविहीन रहेको प्रमाणित गरेको छ,’ उनले भने । गत साता अमेरिका र इरानबिच भएको युद्धविराम सम्झौता भंग भएपछि दुवै देशले एक अर्कामाथि सैन्य आक्रमण गरेका थिए ।

यसले पूर्ण युद्ध फेरि सुरु हुन सक्ने चिन्ता बढाएको छ । युद्धविराम विफल भएपछि वासिङ्टन र तेहरानबिच तनाव पुनः चुलिएको छ । पछिल्ला घटनाक्रमले पश्चिम एसियामा सुरक्षा अवस्था थप जटिल बनेको विश्लेषण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

“बिदामा रहेका कर्मचारी पनि कार्यलयमा हाजिर हुनुपर्ने” काठमाडाैँ, ४ साउन । देशका विभिन्न भागमा अविरल वर्षा, बाढी, पहिरो लगायतका विपद्जन्य

काठमाडौँ, ४ साउन । नेपाल सरकारका सचिवको बैठकले सार्वजनिक बिदा घटाउन अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेको छ ।  मुख्यसचिव

काठमाडौँ, ४ साउन । बजारमा लेबल नभएका, न्यून गुणस्तर भएका, मिसावटयुक्त तथा चोरी पैठारी गरिएका सामानहरू बिक्री वितरण भइरहेको भन्दै सरकारले

काठमाडौँ, ४ साउन । केन्द्रीय राजनीतिक समीकरण फेरिने चर्चाबीच नेकपा एमाले वाग्मती प्रदेश सरकारबाट तत्काल बाहिरिने सम्भावना टरेको छ । काठमाडौँको