टिकटकले नेपालमा एआई साक्षरता हब सञ्चालनमा ल्याउने

काठमाडौँ, ३ साउन । आगामी केही साताभित्र टिकटकले नेपालमा एपभित्रै एआई साक्षरता हब सञ्चालनमा ल्याउने भएको छ ।

प्रयोगकर्ताले एआईसँग सम्बन्धित विषय खोज्दा यो हबमार्फत् शैक्षिक कन्टेन्ट उपलब्ध हुनेछ । यसले एआई-जेनेरेटेड कन्टेन्ट चिन्ने तरिका तथा एआईमा आधारित अनुभवलाई अझ आत्मविश्वासका साथ प्रयोग गर्ने सम्बन्धी व्यावहारिक जानकारी प्रदान गर्ने आशा लिइएको छ ।

टिकटकको ग्लोबल पब्लिक पोलिसी टीमका एआई प्रमुख टम वर्गिसले भने, ‘हामीले टिकटकमा एआई प्रयोग गर्दा प्रयोगकर्ताले आवश्यक सन्दर्भ, आत्मविश्वास र नियन्त्रणको अनुभव गर्न सकून् भन्ने चाहन्छौं । एआईद्वारा सिर्जना गरिएका कन्टेन्ट पहिचान गर्न, ती कसरी तयार हुन्छन् भन्ने बुझ्न तथा एआई टुललाई सिर्जनात्मक र जिम्मेवार ढंगले प्रयोग गर्न सहयोग गर्ने प्रविधि, साझेदारी र शैक्षिक कन्टेन्टमा हामी निरन्तर लगानी गरिरहेका छौं ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ साउन । नेकपाका नेता भीम रावलले एक रुपैयाँको नेपाली सिक्काबाट चुच्चे नक्सा हटाउने सरकारको निर्णय अर्को राष्ट्रघाती कदम

काठमाडौँ, ३ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू मिल्नुपर्ने प्रस्तावप्रति विमति प्रकट गरेका

काठमाडौँ, ३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा जनसंवाद यात्रा थालनी गरेको छ । नागरिकका समस्या, विकास

काठमाडौँ, ३ साउन । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्को पूर्वतयारीअन्तर्गत आवश्यक परेमा निजी क्षेत्रसँग हेलि, ड्रोन र