विपद् जोखिम: निजी क्षेत्रसँग सहयोगको आग्रह गरिने

काठमाडौँ, ३ साउन । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्को पूर्वतयारीअन्तर्गत आवश्यक परेमा निजी क्षेत्रसँग हेलि, ड्रोन र र्‍याफ्टिङ उपलब्ध गराउन आग्रह गर्ने तयारी गरेको छ ।

जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको पूर्वानुमान गरेसँगै २१ जिल्लामा बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने भएकाले प्राधिकरणले सुरक्षा निकायसँग समन्वय गरी पूर्वतयारीलाई सुदृढ बनाएको छ ।

प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले सम्भावित विपद्को अवस्थामा तत्काल उद्धारका लागि काठमाडौं, इटहरी, भैरहवा र सुर्खेतमा नेपाली सेनाका चारवटा हेलिकोप्टर तैनाथ रहेको जानकारी दिँदै आवश्यक पर्दा निजी क्षेत्रसँग निजी क्षेत्रसँग हेलि, ड्रोन र र्‍याफ्टिङ उपलब्ध गराउन आग्रह गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ साउन । नेकपाका नेता भीम रावलले एक रुपैयाँको नेपाली सिक्काबाट चुच्चे नक्सा हटाउने सरकारको निर्णय अर्को राष्ट्रघाती कदम

काठमाडौँ, ३ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू मिल्नुपर्ने प्रस्तावप्रति विमति प्रकट गरेका

काठमाडौँ, ३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा जनसंवाद यात्रा थालनी गरेको छ । नागरिकका समस्या, विकास

काठमाडौँ, ३ साउन । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्को पूर्वतयारीअन्तर्गत आवश्यक परेमा निजी क्षेत्रसँग हेलि, ड्रोन र