हरियो चुरापोतेको व्यापार बढ्यो

काठमाडौँ, १ साउन । साउन महिना सुरु भएसँगै देशभर हरियो चुरापोते तथा मेहन्दीको व्यापार बढेको छ ।

महिलाले हातमा मेहन्दी लगाउने, हरियो चुरा र पहेँलो पोते लगाउनेक्रम बढेसँगै बजारमा चुरापोते र मेहन्दीको व्यापार बढेको हो ।

हिन्दूहरुले साउन महिनालाई भगवान् शिवको महिनाका रुपमा लिने गरेका छन् । हिन्दू महिला तथा पुरुषले साउन महिनाभर भगवान् शिवको पूजा आराधना गर्ने गर्छन् । साउनमा महिला हातमा मेहेन्दीसँगै हरियो चुरा र तथा पहेँलो पोते लगाउने गर्छन् । यस्तै, पुरुषहरुले पहेँलो वस्त्र लगाउने गर्छन् ।

काठमाडौँको इन्द्रचोकमा चुरापोतेको व्यापार गर्दै आएका अहमद मुसलमान पछिल्लो समय आफ्नो पसलमा चुरापोतेको व्यापार बढेको बताउँछन् । 

राजधानीका विभिन्न बजारमा हरियो चुरा र पोतेका नयाँ डिजाइन तथा विभिन्न मूल्यका सामग्री बिक्रीवितरणमा राखिएका छन् । ग्राहकको रोजाइलाई ध्यानमा राखेर स्वदेशी तथा आयातित दुवै प्रकारका चुरा र पोते बिक्रीका लागि राखिएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका निवर्तमान कार्यकारी निर्देशक आचार्य लक्ष्मण पन्थी साउनमा माता पार्वतीले पति महादेवलाई खुसी बनाई सौभाग्य प्राप्त गर्न हरियो चुरा, पोते र हातमा मेहेन्दी लगाएको किंवदन्तीका आधारमा महिला व्रत बस्दा हरियो चुरा र पहेँलो पोते लगाउने गरेको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ साउन । मोरङको केराबारी गाउँपालिका–५ शान्ति चोकमा टिपरको ठक्करबाट एक जना वृद्धाको मृत्यु भएको छ । प्रहरीका अनुसार

काठमाडौँ, १ साउन । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आजदेखि सर्वसाधारणका लागि पुनः सञ्चालनमा ल्याइएको छ ।काग, गिद्ध, हाँसलगायत पक्षीमा बर्डफ्लू

काठमाडौँ, १ साउन । साउन महिना सुरु भएसँगै देशभर हरियो चुरापोते तथा मेहन्दीको व्यापार बढेको छ । महिलाले हातमा मेहन्दी

काठमाडौँ, १ साउन । काठमाडौँको कपनमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गएराति करिब