कतारमा मिसाइल आक्रमण

एजेन्सी, १ साउन । कतारको रक्षा मन्त्रालयले शुक्रबार बिहान सबेरै इरानले गरेको मिसाइल आक्रमणलाई आफ्नो सशस्त्र बलले सफलतापूर्वक विफल पारेको जनाएको छ ।

उक्त सैन्य कारबाहीका क्रममा मिसाइल खसाल्दा निस्किएको छर्रा लागेर एक बालक घाइते भएको कतारी गृह मन्त्रालयले पुष्टि गरेको छ।

गृह मन्त्रालयले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी दिँदै घाइते बालकको हाल उपचार भइरहेको बताएको छ । प्रत्यक्षदर्शीहरूका अनुसार राजधानी दोहामा विस्फोटका ठुला आवाजहरू सुनिएका थिए । सोही समयमा सरकारले नागरिकहरूको मोबाइल फोनमा सुरक्षासम्बन्धी आकस्मिक सन्देश समेत पठाएको थियो ।

हालैका दिनहरूमा इरानले खाडी मुलुकहरूमा आफ्ना आक्रमणहरू तीव्र पारेको छ। अमेरिकाले इरानी भूमिमा गरेको आक्रमणको प्रतिक्रिया स्वरूप इरानले यस क्षेत्रमा अमेरिकी सेनाले प्रयोग गर्दै आएका सैन्य अखडाहरूलाई लक्षित गरी आक्रमण सुरु गरेको हो।

यसअघि पनि इरानले यस क्षेत्रका अन्य देशहरूमा रहेका सैन्य सुविधाहरूमाथि आक्रमण गर्ने चेतावनी दिँदै आएको थियो।  –रोयटर्स

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति

काठमाडौँ, १५ असोज । सरकारले संघीय निजामती सेवा विधेयक संसद्मा दर्ता गरेको छ । यो विधेयकले कर्मचारीतन्त्रमा अहिले भइरहेको संरचनाहरू बदल्ने

काठमाडौँ, १५ असोज । भोलि राति १२ बजेदेखि संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न सरकारले सिफारिस गरेको छ । मंगलबार बसेको

काठमाडौँ, १५ असोज । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा (सामान्य प्रशासन समूह) का रा.प.तृतीय