भारतको आणविक विद्युत् केन्द्रमा साइबर आक्रमण भएको आशङ्का

एजेन्सी, १ साउन । भारतको दक्षिणी राज्य तमिलनाडुमा रहेको कुडनकुलम आणविक विद्युत् केन्द्रसँग सम्बन्धित हजारौँ फाइल इन्टरनेटको गोप्य सञ्जाल (डार्क वेब)मा सार्वजनिक भएको दाबी गरिएको छ ।

समाचार संस्था रोयटर्सका अनुसार ‘वल्र्ड लिक्स’ नामक साइबर अपराधी समूहले विद्युत् केन्द्रका केही संरचनाको नक्सा, उपकरण आपूर्तिकर्ताको विवरण तथा अन्य प्राविधिक कागजात सार्वजनिक गरेको दाबी गरेको हो ।

कुडनकुलम भारतका सातवटा आणविक विद्युत् केन्द्रमध्ये सबैभन्दा ठूलो हो । प्रधानमन्त्री नरेन्द्र मोदीको आणविक ऊर्जा उत्पादन क्षमता विस्तार गर्ने योजनामा यस केन्द्रलाई अत्यन्त महत्वपूर्ण मानिन्छ । आणविक विद्युत् केन्द्र नामबाट पहिचान गरिएका झण्डै १९ हजार फाइल, जसको आकार १४ दशमलव ३ गिगाबाइट छ, गएको जुन ११ देखि डार्क वेबमा उपलब्ध छन् ।

ती फाइलमा बैठक र निरीक्षण अभिलेख, उपकरण मूल्याङ्कन, बीमा कागजात तथा केही संरचनात्मक नक्सासमेत समावेश भएको खबरमा उल्लेख छ ।

आणविक सुरक्षा क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था न्यूक्लियर थ्रेट इनिसिएटिभका वरिष्ठ निर्देशक निकोलस रोथले यस्ता विवरण बाहिरिनु विद्युत् केन्द्रको सुरक्षाका लागि गम्भीर जोखिम हुन सक्ने बताउनु भएको छ ।

उहाँले भारतमा पछिल्ला वर्षहरूमा साइबर आक्रमणका घटना बढ्दै गएको र धेरै संस्था त्यस्ता जोखिम सामना गर्न पर्याप्त रूपमा तयार नरहेको टिप्पणी गर्नुभएको छ ।

यस घटनाको अनुसन्धान भारतको प्रमुख साइबर सुरक्षा निकाय भारतीय कम्प्युटर आपत्कालीन प्रतिक्रिया टोली (सर्ट–इन) ले गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति

काठमाडौँ, १५ असोज । सरकारले संघीय निजामती सेवा विधेयक संसद्मा दर्ता गरेको छ । यो विधेयकले कर्मचारीतन्त्रमा अहिले भइरहेको संरचनाहरू बदल्ने

काठमाडौँ, १५ असोज । भोलि राति १२ बजेदेखि संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न सरकारले सिफारिस गरेको छ । मंगलबार बसेको

काठमाडौँ, १५ असोज । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा (सामान्य प्रशासन समूह) का रा.प.तृतीय