काठमाडौँ, ३२ असार । बजारमा अकबरे खुर्सानी (हरियो) को मूल्य घटेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार आज अकबरे खुर्सानीको भाउ घटेको देखाएको हो ।
आज अकबरे खुर्सानीको भाउ थोकमा प्रतिकिलो ३५ रुपैयाँले घटेको छ । बुधबार प्रतिकिलो थोकमा २ सय २५ रुपैयाँमा किनबेच भएकोमा आज प्रतिकिलो १ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ ।
असार पहिलो साता भने अकबरे खुर्सानी २ सय ८० देखि ३ सय रुपैयाँसम्ममा किनबेच भएको थियो ।






