युक्रेनमा रूसको भीषण आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु

एजेन्सी, ३२ असार । रुसले बुधवार राति युक्रेनका विभिन्न क्षेत्रमा गरेको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन् । यसैबिच, युक्रेनले आफ्ना ड्रोन आक्रमणबाट कालो सागरमा रहेका २० वटा रुसी जहाजमा प्रहार गरेको दाबी गरेको छ ।

यी मध्ये १७ वटा तेल ट्याङ्कर थिए । दक्षिणी बन्दरगाह सहर ओडेसामा रुसले लगातार पाँचौँ दिन ठुलो स्तरको मिसाइल तथा ड्रोन आक्रमण गर्दा तीन जनाको मृत्यु भएको ओडेसा क्षेत्रका प्रमुख ओलेह किपरले जानकारी दिएका छन् । उनका अनुसार एउटा आवासीय भवनमा मिसाइल खस्दा सर्वसाधारणको ज्यान गएको हो । आक्रमणबाट एक गैरआवासीय भवन र ग्यास पाइपलाइन पनि क्षतिग्रस्त भएको छ ।

उत्तर–पूर्वी सुमी सहरमा तीन जना तथा दक्षिणी जापोरिझ्झिया क्षेत्रमा पनि तीन जनाको मृत्यु भएको छ । दक्षिण–पूर्वका अन्य तीन क्षेत्रमा थप पाँच जनाको ज्यान गएको स्थानीय प्रशासनले जनाएको छ । यता, युक्रेनले कालो सागरमा सञ्चालन गरिएका ड्रोन आक्रमणमार्फत २० वटा रुसी जलयानलाई निशाना बनाएको जनाएको छ । तीमध्ये १७ वटा तेल बोक्ने ट्याङ्कर रहेको युक्रेनी पक्षको दाबी छ । यसबारे रुसले तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति

काठमाडौँ, १५ असोज । सरकारले संघीय निजामती सेवा विधेयक संसद्मा दर्ता गरेको छ । यो विधेयकले कर्मचारीतन्त्रमा अहिले भइरहेको संरचनाहरू बदल्ने

काठमाडौँ, १५ असोज । भोलि राति १२ बजेदेखि संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न सरकारले सिफारिस गरेको छ । मंगलबार बसेको

काठमाडौँ, १५ असोज । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा (सामान्य प्रशासन समूह) का रा.प.तृतीय