उपसभामुखको नेतृत्वमा ५ सदस्यीय संसदीय टोली चीन प्रस्थान

काठमाडौँ, ३१ असार । चीनको निङ्छी सहरमा आयोजना हुने ‘द फिफ्थ चाइना सिजाङ ट्रान्स’ (हिमालय फोरम फर इन्टरनेसनल कोअपरेसन) मा सहभागी हुन प्रतिनिधिसभाका उपसभामुख रुवी कुमारीको नेतृत्वमा पाँच सदस्यीय प्रतिनिधिमण्डल आज चीन प्रस्थान गरेको छ।

सङ्घीय संसद सचिवालयका अनुसार प्रतिनिधिमण्डल बिहान पौने  १ बजे सिचुआन एयरलाइन्समार्फत चीन प्रस्थान गरेको हो। चीन प्रस्थान गर्ने प्रतिनिधिमण्डलमा उपसभामुख रुवी कुमारीका साथै सङ्घीय संसद सचिवालयका सचिव डा. रोजनाथ पाण्डे, उपसचिव विमला घिमिरे, उपसचिव नागेन्द्र चौधरी र कम्प्युटर प्रोग्रामर अनिशा ढकाल छन् । 

यही असार ३१ गतेदेखि साउन १ गते (१५–१७ जुलाई २०२६) सम्म आयोजना हुने कार्यक्रममा माननीय उपसभामुखले नेपाली प्रतिनिधिमण्डलको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ असार । नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले जेठ १७ गते दिएको अभिव्यक्ति आपत्ति जनक भएको भन्दै भारतले

काठमाडौँ, ३१ असार । चीनको निङ्छी सहरमा आयोजना हुने ‘द फिफ्थ चाइना सिजाङ ट्रान्स’ (हिमालय फोरम फर इन्टरनेसनल कोअपरेसन) मा

भक्तपुर, ३१ असार । बागमती नदीको बहाव अकस्मात बढेर कीर्तिपुरस्थित राधास्वामी सत्सङ्गको होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ आश्रय लिएका सुकुम्बासी

काठमाडौँ, ३१ असार । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड श्रीलंका भ्रमणमा निस्किएका छन् । तीन दिने