एक खर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

काठमाडौँ, ३१ असार । नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले एक खर्ब रुपैयाँ  बराबरको निक्षेप संकलन उपकरण निष्कासन गर्ने भएको छ । 

बैंकले तरलता व्यवस्थापनका लागि ९१ दिनको लागि यो निक्षेप संकलन गर्न लागेको हो ।

निक्षेप संकलनका लागि आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत बोलकबोल हुनेछ । बैंकले आजै निक्षेप निष्कासन गर्नेछ । यसको सावाँ तथा ब्याज भुक्तानी २०८३ असोज २८ गते हुनेछ ।

यस बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् ।
 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ असार । नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले जेठ १७ गते दिएको अभिव्यक्ति आपत्ति जनक भएको भन्दै भारतले

काठमाडौँ, ३१ असार । चीनको निङ्छी सहरमा आयोजना हुने ‘द फिफ्थ चाइना सिजाङ ट्रान्स’ (हिमालय फोरम फर इन्टरनेसनल कोअपरेसन) मा

भक्तपुर, ३१ असार । बागमती नदीको बहाव अकस्मात बढेर कीर्तिपुरस्थित राधास्वामी सत्सङ्गको होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ आश्रय लिएका सुकुम्बासी

काठमाडौँ, ३१ असार । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड श्रीलंका भ्रमणमा निस्किएका छन् । तीन दिने