गोलभेँडाको मूल्य घट्यो

काठमाडौँ, ३० असार । बजारमा गोलभेँडाको मूल्य अत्याधिक घटेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार आज सबै प्रकारका गोलभेँडाको मूल्यमा कमी आएको हो ।

तथ्यांकअनुसार सानो लोकल गोलभेँडा प्रतिकिलो ६ रुपैयाँमा झरेको छ । सोमबार प्रतिकिलो थोकमा ८ रुपैयाँमा किनबेच भएकोमा आज २ रुपैयाँ घटेर ६ रुपैयाँमा झरेको छ।

त्यस्तै नेपाली ठूलो गोलभेँडा आज मंगलबार प्रतिकिलो थोकमा औसत ३३ रुपैयाँमा किनबेच भइरहेको छ । हिजो प्रतिकिलो ४० रुपैयाँमा किनबेच भएको थियो । यसैगरी टनेलको गोलभेँडाको मूल्य पनि घटेको छ । हिजो सोमबार प्रतिकिलो १४ रुपैयाँमा किनबेच भएको उक्त गोलभेँडा आज प्रतिकिलो १३ रुपैयाँ कायम छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० असार । राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवबीच भेटवार्ता भएको छ । आज राष्ट्रपति भवन शीतलनिवासमा उनीहरुबीच

काठमाडौँ, ३० असार । गृहमन्त्री सुधन गुरुङ निजगढ पुगेका छन् । मिटरब्याज विरुद्ध पैदल मार्च गर्दै जनकपुरबाट काठमाडौँ हिँडेकाहरूलाई भेट्न

काठमाडौँ, ३० असार । प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र बहादुर शाहीले संसदमा सरकारको कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै नागरिकको जीवन र रोजीरोटीको संरक्षण राज्यको

काठमाडौँ, ३० असार । रास्वपा सांसद डा.अमरेशकुमार सिंहले जनतामा नैराश्य बढेको भन्दै देश सङ्कटमा पुगेको बताएका छन् ।  आज प्रतिनिधि