सरकारले बल प्रयोग गरेर आवाज दबाउन खोज्यो : उपसभापति शर्मा

काठमाडौँ, २९ असार । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारले समस्याको समाधान खोज्नुको साटो सरकारले बल  प्रयोग गरेर आवाज दबाउन खोजेको बताएका छन् ।

आज शर्माले सामाजिक सञ्जाल फेसबुकमा भिडियो सन्देश राख्दै सुकुमबासी बस्ती हटाएर होल्डिङ सेन्टरमा राखिएको विषय र गणेश नेपालीले आत्मदाह गरेको विषयमा टिप्पणी गर्दै त्यस्तो बताएका हुन् । 

काठमाडौँ उपत्यकाभित्रै विशेष गरी कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमबासीहरूको कष्टकर जीवन र पछिल्लो समय युवाहरूले निराशाका कारण जीवन त्याग्नेसम्मका कदम चाल्ने अवस्था आउनुमा राज्यको भूमिका प्रमुख रहेको उपसभापति शर्माले बताएका छन् । 

वर्षायाममा बासस्थानबाट विस्थापित गरिएका सुकुमबासीहरूका साना बालबालिका, सुत्केरी, र वृद्ध वृद्धाहरू होल्डिङ सेन्टरमा भोक र रोगको चपेटामा परेका भन्दै उपसभापति शर्माले आफ्नै देशमा शरणार्थी जस्तो जीवन बिताउन बाध्य यी नागरिकहरूका लागि सरकारले न्यूनतम मानवीय सहायता समेत उपलब्ध गराउन नसकेको आरोप लगाए । 

होल्डिङ सेन्टरमा रहेका नागरिकहरूको समस्या समाधानका लागि शान्तिपूर्ण रूपमा आवाज उठाउने र प्रश्न गर्ने युवाहरूलाई उल्टै प्रहरीले नियन्त्रणमा लिएको घटनाले स्थिति थप तनावग्रस्त बनेको शर्माको भनाइ छ। 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० असार । संघीय संसद अन्तरगतको प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । प्रतिनिधिसभाको हल सिंहदरवारमा आज विहान

काठमाडौँ, २९ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद अर्यालको भूमिका निष्पक्ष र

काठमाडौँ, २९ असार । सरकारले नेपालको सुरक्षा, शान्ति र व्यवस्था, मित्रराष्ट्रसँगको सु-सम्बन्धमा विरोध पार्ने कथावस्तुका फिल्मलाई मुलुकभित्र प्रदर्शन अनुमति नदिने

काठमाडौँ, २९ असार । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारले समस्याको समाधान खोज्नुको साटो सरकारले बल  प्रयोग गरेर आवाज दबाउन