भानुभक्तको योगदान अतुलनीय र ऐतिहासिक: मुख्यमन्त्री पाण्डे

पोखरा, २९ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा, साहित्य र संस्कृतिको विकास तथा राष्ट्रिय एकताको सुदृढीकरणमा पुऱ्याएको योगदान अतुलनीय र ऐतिहासिक रहेको बताएका छन् ।

२१३औँ भानु जयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पाण्डेका अनुसार भानुभक्तले नेपाली भाषामा अनुवाद गरेको रामायणसहित भक्तमाला, वधूशिक्षा, रामगीता लगायतका कृतिहरूले नेपाली भाषालाई समृद्ध बनाएका छन् । यी कृतिहरूले विभिन्न भूगोल, समुदाय र संस्कृतिलाई भाषिक सूत्रमा आबद्ध गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उनले उल्लेख गरे ।

मुख्यमन्त्री पाण्डेद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‘आदिकविका सृजनाले राष्ट्रिय पहिचान, सांस्कृतिक चेतना र नेपालीपनको भावलाई अझ सुदृढ बनाएको छ।’ संस्कृत भाषामा सीमित रहेको रामायणलाई नेपाली भाषामा अनुवाद गरी जनसाधारणसम्म पुऱ्याउने उनको कार्यले नेपाली भाषाको श्रीवृद्धि मात्र नभई राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्न पनि महत्त्वपूर्ण योगदान पुऱ्याएको सन्देशमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० असार । सुनसरीको इटहरी उपमहानगरपालिका–२० नजिक विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । एक

काठमाडौँ, ३० असार । लामो समयदेखि बन्द भई पटक-पटक सञ्चालन गर्ने भनिएको तर सञ्चालन गर्न चासो नदिइएको हेटौंडा कपडा उद्योग

काठमाडौँ, ३० असार । काठमाडौँ उपत्यकाबाट गत २४ घण्टामा शंकास्पद गतिविधिमा संलग्न ६४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौँबाट ५२

काठमाडौँ, ३० असार । पूर्वी पहाड तथा तराईका विभिन्न जिल्लामा भएको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढ्न थालेको छ