उपचारका क्रममा प्रहरी जवानको मृत्यु

काठमाडौँ, २८ असार । डोटीको प्रहरी चौकी सानागाउँमा कार्यरत प्रहरी जवान गणेश जोशीको उपचारका क्रममा मृत्यु भएको छ ।

आज बिहान अत्तरिया अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । डडेल्धुराको जोगबुडा घर भएका जोशीलाई २७ गते राति ड्युटीका क्रममा अचानक पेट दुखेपछि जिल्ला अस्पताल डोटी लगिएको थियो ।

स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई थप उपचारका लागि अत्तरिया अस्पताल रिफर गरिएको थियो । प्रहरीका अनुसार उपचारकै क्रममा उनको निधन भएको हो । मृत्युको यकिन कारण भने पोस्टमार्टम रिपोर्ट आएपछि मात्र खुल्ने जनाइएको छ ।

उनको शव धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पोस्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असार । लैङ्गिक हिंसामा परेका महिला र बालबालिकाका लागि काम गर्ने साथी संस्थाले आइतबार आफ्नो बाल संरक्षण कार्यक्रम

काठमाडौँ, २८ असार । पाल्पामा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार

काठमाडौँ, २८ असार । डोटीको प्रहरी चौकी सानागाउँमा कार्यरत प्रहरी जवान गणेश जोशीको उपचारका क्रममा मृत्यु भएको छ । आज बिहान

काठमाडौँ, २८ असार । लागू औषध नियन्त्रण ब्युरो, कोटेश्वरले काठमाडौँ महानगरपालिका–६ कुमारीगाल क्षेत्रबाट ७२ हजार ९ सय ट्रामाडोल क्याप्सुलसहित दुई जनालाई