कतारका पूर्वराजाको निधन

दोहा, २८ असार । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख तामिम बिन हमद अल थानीका पिता शेख खलिफा बिन हमद अल थानीको ७४ वर्षको उमेरमा निधन भएको छ ।

अमिरी दिवानले आइतबार एक विज्ञप्ति जारी गर्दै उनको निधन भएको पुष्टि गरेको छ। अमिरी दिवानले स्वर्गीय शेख खलिफालाई राष्ट्रका लागि महत्वपूर्ण योगदान पुर्‍याएका नेताका रूपमा स्मरण गर्दै उनको आत्माको चिरशान्तिको कामना गरेको छ।

पूर्वराजाको मृत्युमा वर्तमान राजा  अमिर शेख तामिम बिन हमद अल थानीले देशभर तीन दिन राष्ट्रिय शोक घोषणा गर्दै राष्ट्रिय झण्डा आधा झुकाइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पूर्वीतराईमा साम्प्रदायिक तनाव हुँदा आवश्यक सक्रियता नदेखाएको आरोप खेपेका प्रधानमन्त्री बालेन्द्र शाह रसुवामा बाढी आएपछि भने बिहानैदेखि वस्तुस्थिति बुझ्ने, उद्धार

काठमाडौँ, ११ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलेको आह्वानमा आज सर्वदलीय बैठक बस्ने भएको छ ।  बिहान

काठमाडौँ, ११ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाका आठ वटा ट्रकमार्फत करिब आठ टन राहत सामग्री

काठमाडौँ, ११ भदौ । सामाजिक विकासका लागि सरकार तथा गैरसरकारी संस्थासँगै व्यवसाय, समुदाय र आम नागरिकको संयुक्त सहभागिता आवश्यक रहेकोमा