बढ्यो सुनको मूल्य

काठमाडौँ, २८ असार । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा रु ६०० ले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला रु २ लाख ८८ हजार कायम गरिएको छ। शुक्रबार छापावाल सुन प्रतितोला रु २ लाख ८७ हजार ४०० मा कारोबार भएको थियो। महासंघका अनुसार आइतबार सुनको मूल्य प्रति १० ग्राम रु २ लाख ४६ हजार ९१५ कायम भएको छ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला रु ४ हजार ४७५ निर्धारण गरिएको छ, जुन शुक्रबारको प्रतितोला रु ४ हजार ५१० को तुलनामा रु ३५ कम हो । चाँदीको प्रति १० ग्राम मूल्य रु ३ हजार ८३७ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असार । लैङ्गिक हिंसामा परेका महिला र बालबालिकाका लागि काम गर्ने साथी संस्थाले आइतबार आफ्नो बाल संरक्षण कार्यक्रम

काठमाडौँ, २८ असार । पाल्पामा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार

काठमाडौँ, २८ असार । डोटीको प्रहरी चौकी सानागाउँमा कार्यरत प्रहरी जवान गणेश जोशीको उपचारका क्रममा मृत्यु भएको छ । आज बिहान

काठमाडौँ, २८ असार । लागू औषध नियन्त्रण ब्युरो, कोटेश्वरले काठमाडौँ महानगरपालिका–६ कुमारीगाल क्षेत्रबाट ७२ हजार ९ सय ट्रामाडोल क्याप्सुलसहित दुई जनालाई