काठमाडौँ, २७ असार । चलचित्र ‘माया भनेकै यस्तो होला’को नयाँ पोस्टर सार्वजनिक भएको छ ।
सार्वजनिक पोस्टरको केन्द्रमा सिनेमाका नायक दील श्रेष्ठ छन् । उनी ‘हल्दी डे’ मनाइरहेका छन् । उनको हल्दी डेमा मदनकृष्ण श्रेष्ठ, लक्ष्मी गिरी, सृष्टि श्रेष्ठ, नीति शाह, नम्रता श्रेष्ठलगायत छन् ।
अभिनेत्री रेखा थापाको निर्देशनमा निर्माण भएको यो चलचित्र भदौ २६ गते रिलिज हुँदै छ । चलचित्रमा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, मिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाहको मुख्य भूमिका छ । विशेष भूमिकामा पूर्वमिस नेपाल उषा खड्गीको पनि अभिनय छ । लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल, सुनिता श्रेष्ठ र विनोद पौडेललगायतको अभिनय छ ।





