सार्वजनिक यातायातका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री बानियाँ

काठमाडौँ, २७ असार । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशभित्र देखिएका सार्वजनिक यातायातका बहुआयामिक समस्याहरू समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष सरोज सिटौला नेतृत्वको टोलीसँगको भेटघाटका क्रममा मुख्यमन्त्री बानियाँले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् ।

भेटका क्रममा अध्यक्ष सिटौलाले बागमती प्रदेश, विशेषगरी काठमाडौँ उपत्यकामा सार्वजनिक यातायातको ट्राफिक समस्या, सडक दुर्घटनामा परी ज्यान गुमाउनेका परिवारलाई दिइने क्षतिपूर्ति र घाइतेहरूको उपचारका क्रममा आइपर्ने व्यावहारिक कठिनाइहरू समाधानका लागि सहजीकरण गरिदिन प्रदेश सरकारसमक्ष आग्रह गरेका थिए ।

अध्यक्ष सिटौलाले हाल दुर्घटनाका घाइतेहरूको महँगो निजी अस्पतालमा उपचार गर्नुपर्ने बाध्यता रहेको र बिमाबाट ३ लाख रुपैयाँ मात्र क्षतिपूर्ति प्राप्त हुने भएकाले व्यवसायीहरू समस्यामा परेको गुनासो गरे ।

सो गुनासो र आग्रहलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले यातायात क्षेत्रका बहुआयामिक समस्या समाधानका लागि व्यवसायीहरूसँग मिलेर अघि बढ्न सरकार तयार रहेको बताए । घाइतेहरूको उपचार सहज बनाउन प्रदेश सरकार मातहतका अस्पतालहरूमा ट्रमा सेन्टरको विकास गरिने उनले जानकारी दिए। घाइतेहरूको उपचार पहिलो प्राथमिकतामा राखी सरकारी अस्पतालहरूमा मात्र उपचार गर्ने प्रबन्ध मिलाउन आवश्यक कानुनी व्यवस्थाका लागि प्रदेश सरकारले पहल गर्ने उनले स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ असार । फ्रान्सका कप्तान किलियन एम्बाप्पेले फिफा विश्वकप इतिहासमा नयाँ कीर्तिमान कायम गरेका छन् । २७ वर्षको उमेरमा

काठमाडौँ, २५ असार । एसीसी महिला यू–१९ प्रिमियर कपका लागि मलेसिया जाने नेपाली टोलीको बिदाइ भएको छ ।  नेपाल क्रिकेट

काठमाडौँ, २४ असार । स्विट्जरल्याण्ड विश्वकपको क्वाटरफाइनल चरणमा प्रवेश गरेको छ । कोलम्बियालाई पेनाल्टीमा ४-३ ले पराजित गर्दै स्विट्जरल्याण्डले क्वाटरफाइनलको

काठमाडौँ, २४ असार ।फिफा विश्वकप फुटबल २०२६ मा अर्जेन्टिना अन्तिम ८ मा प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा स्टेडियममा मंगलबार