मन्त्रीमा विनयशीलता फिटिक्कै देखिएन : पूर्वमन्त्री खनाल

काठमाडौँ, २७ असार । पूर्वअर्थमन्त्री रामेश्वर खनालले वर्तमान सरकारका केहि मन्त्रीहरुमा विनयशीलता फिटिक्कै नदेखिएको भन्दै आक्रोस व्यक्त गर्नुभएको छ ।

हिजो र आज गरी तीन जना नागरिकले आत्मदाहको प्रयास गरेपछि उहाँले जनतामा आइरहेको नैरस्यताप्रति सरकार सचेत हुनुपर्नेमा जोड दिनुभयो । पुराना पार्टीहरु खराव भएको भन्दै नयाँ पार्टीलाई उल्लेख्य जनमत दिएको प्रति सचेत हुन सरकारलाई आग्रह गर्दै उहाँले जनताले नयाँ पुराना कुनै पनि ठिक छैनन् भन्ने मत बढ्दै जानु चिन्ताको विषय भएको उल्लेख गर्नुभयो ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘जे भैरहेको छ, सबै ठीक भएको छैन ! उनीहरू खराब थिए, यी पनि खराबै रहेछन्, कुनै पार्टी ठीक छैनन् भन्ने मत बढ्दै जानु कदापि राम्रो होइन । स्थिति सुधार्ने प्राथमिक दायित्व सत्ताकै हो । तर केही मन्त्रीमा विनयशीलता फिटिक्कै देखिएन !!!’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ असार । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशभित्र देखिएका सार्वजनिक यातायातका बहुआयामिक समस्याहरू समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध

काठमाडौँ, २७ असार । पूर्वअर्थमन्त्री रामेश्वर खनालले वर्तमान सरकारका केहि मन्त्रीहरुमा विनयशीलता फिटिक्कै नदेखिएको भन्दै आक्रोस व्यक्त गर्नुभएको छ ।

काठमाडौँ, २७ असार । सरकारले देशका ७७ वटै जिल्लामा २४ सै घण्टा सञ्चालन हुने गरी विपद् कल सेन्टर सञ्चालनमा ल्याएको

हेटौँडा, २७ असार । बागमती प्रदेशलाई औपचारिक रूपमा ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ प्रदेश घोषणा गरिएको छ । हेटौँडामा शुक्रबार आयोजित