सरकारको पहिलो विकेट पतन भयो : दीपकराज गिरी

काठमाडौँ, २६ असार । बिहीबार काठमाडौँको त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का गणेश नेपालीको उपचारको क्रममा निधन भएको छ ।

 शरीरको करिब ५५ प्रतिशत भाग जलेर गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचारको क्रममा निधन भएको हो । नेपालीको निधनपछि सामाजिक सञ्जालमा सरकारको व्यापक आलोचना भइरहेको छ ।

यस्तैमा कलाकार दीपकराज गिरीले पनि यो घटनामा सरकारको आलोचना गरेका छन् । उनले गणेश नेपालीको मृत्युको दोषी सरकार रहेको आशय व्यक्त गर्दै सरकारको पहिलो विकेट पतन भएको बताएका हुन् । उनी लेख्छन्, ‘अपार जनसमर्थन रहेको सरकारको पहिलो विकेट पतन भएको छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २० असोज । हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणको तेस्रो वर्षगाँठअघि इजरायलले आफ्ना सेनालाई उच्च सतर्कतामा राखेको छ

एजेन्सी, १९ असोज । होर्मुज जलडमरूमध्यमा पानीजहाजमाथि आक्रमणका घटना भइरहे पनि इरानबाहेक मध्यपूर्वबाट हुने कच्चा तेलको निर्यातमा उल्लेख्य वृद्धि भएको

एजेन्सी, १९ असोज । अमेरिकाले बेलायतस्थित सैन्य आधार शिविर फेयरफोर्डबाट आफ्ना सबै बमवर्षक विमान फिर्ता बोलाएको छ । अमेरिकाको यो

एजेन्सी, १९ असोज । पाकिस्तानको प्रमुख विपक्षी दल पाकिस्तान तहरिक–ए–इन्साफले (पीटीआईले) पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइका लागि लङ