नेप्से परिसूचक १९.६७ अङ्कले घट्यो

काठमाडौँ, २५ असार । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ । आज नेप्से परिसूचक १९.६७ अङ्कले घटेर २६०१.९२ विन्दुमा ओर्लिएको हो ।

बजारमा गिरावट आए पनि कारोबार रकम सामान्य देखिएको छ । आज बजारमा कुल ३६१ कम्पनीका ८७ लाख ५१ हजार ३८० कित्ता सेयर खरिदबिक्री हुँदा कुल ४ अर्ब ६१ करोड १९ लाख ५४ हजार ७८२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज बजारमा तीव्र गिरावट देखिँदा २२९ कम्पनीको सेयर मूल्य घटेको छ । जम्मा ४२ कम्पनीको मूल्यमा वृद्धि भएको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।

घटेको बजारमा सबै समूहमा गिरावट आएको छ । आज सबैभन्दा धेरै ट्रेडिङ क्षेत्रमा गिरावट २.३६ प्रतिशतले घट्दा विकास बैंक, उत्पादनमूलक उद्योग र म्युचुअल फन्डको मूल्य पनि एक प्रतिशत भन्दा धेरैले घटेको छ ।आज उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक १२.६८ प्रतिशत नाफा कमाएका छन् । त्यस्तै स्नो रिभर लिमिटेडका मूल्य ११.७६ प्रतिशतले बढेको छ । मूल्यमा सबैभन्दा धेरै गिरावट भने बैंक अफ काठमाण्डूको डिवेञ्चरको भएको छ । यसको मूल्य ८.६६ प्रतिशतले घट्यो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

रौतहट, १२ भदौ । बाराको कलैया उपमहानगरपालिका–१४ लक्ष्मिनिया चोकमा मोटरसाइकल दुर्घटनामा परी जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु भएको

काठमाडौँ, १२ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही

काठमाडाैँ, १२ भदाै । २०८३ साल भदौ १२ गते शुक्रबारको राशिफल । मेष : दिन राम्रो छ। यात्रा सहज बन्ने

काठमाडौँ, ११ भदाै । ओम नेपाल फाउन्डेसनले बाढी पीडितकाे सहयाेगकाे लागि सरकारले सञ्चालनमा ल्याएकाे खातामा ५० हजार सहयाेग गरेकाे छ