चीनमा विनाशकारी आँधीबेहरी, ११ जनाको मृत्यु

काठमाडौँ, २४ असार । मध्य चीनको हुबेई प्रान्तमा सोमबार राति आएको भीषण आँधीबेहरी र चक्रवातका कारण कम्तीमा ११ जनाको मृत्यु भएको छ भने ३३१ जना घाइते भएका छन् ।

यस प्राकृतिक विपत्तिमा परी एक जना अझै बेपत्ता रहेको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन् । स्थानीय प्रशासनका अनुसार सोमबार राति ७ देखि ११ बजेको समयमा हुबेईको पूर्वी क्षेत्र-विशेषगरी हुआङ्सी, हुआङ्गाङ, एजोउ र सियानिङलगायतका सहरहरूमा मेघगर्जनसहितको शक्तिशाली हावाहुरी चलेको थियो । केही स्थानमा हावाको गति ‘लेभल १३’ सम्म पुगेको र चक्रवात समेत आएको जनाइएको छ ।

यस भीषण हावाहुरीले भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएको छ। अधिकारीहरूका अनुसार आँधीका कारण २२ वटा भवन पूर्ण रूपमा भत्किएका छन् भने ४ हजार ८ सय ५५ वटा अन्य घर तथा संरचनाहरूमा क्षति पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ असार । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अखाद्य वस्तु बिक्री गर्ने एक व्यावसायिक फर्मलाई २ लाख रुपैयाँभन्दा बढी

विराटनगर, २४ असार । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको ४० अर्ब ४४ करोड ९८ लाख

काठमाडौँ, २४ असार । नेपाल राष्ट्र बैंकले बुधबार फेरि २० अर्ब रुपैयाँबराबरको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ‘च’ जारी गरेको छ

काठमाडौँ, २४ असार । बुधबार सुनको भाउ तोलामा ९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि