बजार भाउ तत्काल घटाउन मन्त्री यादवको निर्देशन

काठमाडौँ, २२ असार । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले निजी क्षेत्रका विभिन्न छाता संगठनका प्रतिनिधिहरूलाई बोलाएर तत्काल बजार भाउ घटाउन कडा निर्देशन दिनुभएको छ। सिंहदरबारस्थित मन्त्रालयमा आज आयोजित विशेष बैठकमा मन्त्री यादवले विश्व बजारमा तेलको मूल्य घटिसकेकाले नेपालमा पनि सोही अनुपातमा बजार मूल्य निर्धारण हुनुपर्ने स्पष्ट पार्नुभयो।

बैठकमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, फलफूल तथा तरकारी व्यवसायी महासंघ र चामल, दाल, तेल व्यवसायी महासंघका अध्यक्ष एवम् प्रतिनिधिहरूको सहभागिता रहेको थियो। छलफलका क्रममा व्यवसायीहरूले आफ्नो व्यवसायिक समस्या र गुनासोहरू मन्त्री समक्ष राखेका थिए।

व्यवसायीका गुनासा सुनेपछि मन्त्री यादवले अहिलेको अनियन्त्रित बजार भाउका कारण सर्वसाधारण नागरिकहरू चरम मारमा परेको उल्लेख गर्दै कुनै पनि बहानामा ढिलाइ नगरी मूल्य घटाउन निर्देशन दिनुभयो। उहाँले नुन, तेल, चामलदेखि हरियो तरकारीसम्मका अत्यावश्यक दैनिक उपभोग्य वस्तुहरूको बिक्री वितरणलाई सहज बनाउँदै तत्कालै बजारको वास्तविक अवस्था हेरेर भाउ घटाउन आग्रह गर्नुभयो।

सरकार र प्रधानमन्त्रीको समेत जोडदार चासो रहेकाले बजारलाई यथाशक्य चाँडो उपभोक्ता मैत्री बनाउन मन्त्रालय लागिपर्ने उहाँको भनाइ थियो।

मन्त्रीको निर्देशन र बजारको वस्तुस्थितिलाई बुझ्दै बैठकमा सहभागी निजी क्षेत्रका प्रतिनिधिहरूले पनि यस विषयमा सकारात्मक प्रतिक्रिया दिएका छन्। उनीहरूले आम उपभोक्तालाई राहत दिने गरी बजार मूल्य घटाउने कार्यमा सरकारलाई पूर्ण सहयोग गर्ने र आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाएका छन्।

उक्त महत्त्वपूर्ण बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवहरू तथा आपूर्ति व्यवस्थापन सम्वन्धी संस्थानका प्रमुखहरूकाे समेत उपसिथिति रहेकाे थियाे ।कार्यक्रमकाे प्रारम्भमा सहसचिव एवम् प्रवक्ता  नेत्र सुवेदीले उपभाेक्ता संरक्षण ऐनका प्रावधानका वारेमा संक्षिप्त प्रस्तुति राख्नुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

राजविराज, २२ असार । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र राजविराजका निमित्त प्रमुखसहित दुई कर्मचारी सोमबार घुस रकम र चेक

काठमाडौँ, २२ असार । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले निजी क्षेत्रका विभिन्न छाता संगठनका प्रतिनिधिहरूलाई बोलाएर तत्काल

काठमाडौँ, २२ असार । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार

काठमाडौँ,  २२ असार । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाबिच भेटवार्ता भएको छ । सोमबार सिंहदरबारस्थित