काठमाडौँ, २२ असार । चलचित्र ‘अक्षरा’को दोस्रो पोस्टर सार्वजनिक भएको छ ।
सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकारद्वय सुशील सिटौला र न्यान्सी खड्कालाई शीर्ष भूमिकामा प्रस्तुत गरिएको छ ।
पोस्टरमा दुवै कलाकार विपरीत दिशातिर फर्किएका छन् । यसले उनीहरू प्रेमी–प्रेमिका हुनसक्ने अनुमान लगाउन सकिन्छ । यो चलचित्रमा सुशील र न्यान्सीका साथै सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी र सृष्टि खड्काको मुख्य भूमिका छ । बालकलाकारका रूपमा रोनक खड्का र प्रिसा ढुंगाना छन् ।
यो चलचित्रलाई विनयराज पौडेलले निर्देशन गरेका हुन् । उग्रसेन ढुंगाना र सुग्रसेन ढुंगाना निर्माता रहेको यस चलचित्रका कार्यकारी निर्माता सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने हुन् ।
चलचित्रको मूल कथा निर्माता उग्रसेन आफैँले लेखेका हुन् ।






