कोस्तियान्तिनिभ्का कब्जा गरेको रुसी दाबी युक्रेनद्वारा अस्वीकार

एजेन्सी, २१ असार । रुसले पूर्वी युक्रेनको रणनीतिक सहर कोस्तियान्तिनिभ्का कब्जा गरेको दाबीलाई युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले असत्य भएको बताएका छन् ।

युक्रेनी सेनाको जनरल स्टाफले पनि उक्त सहर अझै युक्रेनी सेनाकै नियन्त्रणमा रहेको जनाएको छ । आफ्ना सेनाले कोस्तियान्तिनिभ्का नियन्त्रणमा लिइसकेको र बाँकी रहेका प्रतिरोधका केन्द्रहरू हटाउने अभियान जारी रहेको दाबी रुसले गरेको छ । उसले युद्धमा मारिएका सैनिकहरूको शव आदान प्रदान गर्न पनि प्रस्ताव गरेको छ ।

रुसी सैन्य कमान्डरहरूले शुक्रबार राष्ट्रपति भ्लादिमिर पुटिनलाई डोनेत्स्क क्षेत्रमा लामो समयदेखि लक्ष्य बनाइएको कोस्तियान्तिनिभ्का सहर कब्जामा लिइएको जानकारी दिएका थिए । यसको जवाफमा राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा एउटा पोस्ट गर्दै ‘यो पूर्ण रूपमा झुट हो । यो केवल समाचार बनाउन गरिएको अर्को रुसी प्रचार हो,’ भन्दै प्रतिक्रिया दिए ।

‘यदि कोस्तियान्तिनिभ्का साँच्चै रुसको नियन्त्रणमा भएको भए, युद्ध अन्त्यका लागि कूटनीतिक समाधान खोज्न पुटिनलाई त्यहीँ भेट्न कुनै समस्या हुने थिएन,’ व्यङ्ग्य गर्दै जेलेन्स्कीले लेखेका छन् । युक्रेनी सेनाको जनरल स्टाफले जारी गरेको वक्तव्यमा १९औँ आर्मी कर्प्स अन्तर्गत पूर्वी सैन्य समूहका इकाईहरूले सहरभित्र र वरपर तोकिएका मोर्चामा प्रतिरक्षात्मक अभियान जारी राखेको उल्लेख गरिएको छ ।

यता, रुस सरकारका प्रवक्ता दिमित्री पेस्कोभले रुसी रेडियोसँग कुरा गर्दै जेलेन्स्कीको भेट प्रस्तावको खिल्ली उडाएका छन् । उनले कोस्तियान्तिनिभ्का अब रुसको हिस्सा भइसकेको दाबी गर्दै पुटिनसँग भेट्न चाहे जेलेन्स्कीका लागि मस्कोको निमन्त्रणा अझै कायम रहेको बताए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असार । दाङमा चट्याङ्ग लागेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार एक महिलाको मृत्यु

काठमाडौँ, २१ असार । जेनजी आन्दोलनका क्रममा काठमाडौँस्थित केन्द्रीय कारागारबाट फरार भएका एक जना सर्लाहीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा

काठमाडौँ, २१ असार । धादिङको गङ्गाजमुना गाउँपालिका–४, यार्सा टोल (बिकटोल) मा आफ्नै छोराको कुटाइबाट बुवाको मृत्यु भएको छ। शनिबार अपराह्न

काठमाडौँ, २१ असार । महोत्तरीको  एकडारा गाउँपालिका–३ स्थित अजमरपट्टीबाट सशस्त्र प्रहरीले गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाहरूमा