नेपाल ‘ग्रे लिस्ट’बाट ‘ब्ल्याक लिस्ट’मा झर्ने उच्च जोखिममा छ : मन्त्री वाग्ले

काठमाडौँ, २० असार । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल ग्रे लिस्टबाट ब्ल्याक लिस्टमा झर्ने उच्च जोखिममा रहेको बताएका छन्।

राष्ट्रिय सभामा शनिबार सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ माथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले तत्काल आवश्यक सुधार गर्नुपर्नेमा जोड दिएका हुन् । उनले तदारुकताका साथ आवश्यक सुधार र सुशासनका कामलाई तीव्रता दिन नसके मुलुक ब्ल्याक लिस्टमा पुग्न सक्ने चेतावनी दिए । ब्ल्याक लिस्टमा परेमा नेपाल सोमालिया र हाइटी जस्तो मुलुकको दर्जामा पुग्ने र बाँकी दुनियाँसँगको तमाम वित्तीय सम्बन्धहरू टुट्ने उनले स्पष्ट पारे ।

नेपालको अन्तर्राष्ट्रिय साख उकास्न सुशासन, वित्तीय अनुशासन र अन्तर्राष्ट्रिय मापदण्डको प्रभावकारी कार्यान्वयन अपरिहार्य भएकाले नै यो विधेयक ल्याइएको उनको भनाइ छ । रेमिट्यान्समा आश्रित देशमा विदेशी लगानी ल्याउनुपर्ने र साख माथि उकास्नुपर्ने अवस्थामा नियमित गर्नुपर्ने सुशासनका कर्महरूमा चुक्दा यस्तो प्रबल जोखिम बढेको भन्दै उनले २०८१ फागुनदेखिको यो कलंक मेटाउन सरकार लागिपरेको बताए।

उनले भने, ‘मुलुक २०८१ फागुनदेखि ग्रे लिस्टमा छ, अहिले सेन्स अफ अर्जेन्सीको साथ, तदारुकताका साथ हामीले काम गर्नै सकेनौ भने हामी ब्ल्याक लिस्टतिर झर्दैछौँ र ब्ल्याक लिस्टमा झर्नु भनेको बाँकी दुनियाँसँग हाम्रो तमाम वित्तीय सम्बन्धहरू टुट्नु हो ।’ 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

रौतहट, १२ भदौ । बाराको कलैया उपमहानगरपालिका–१४ लक्ष्मिनिया चोकमा मोटरसाइकल दुर्घटनामा परी जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु भएको

काठमाडौँ, १२ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही

काठमाडाैँ, १२ भदाै । २०८३ साल भदौ १२ गते शुक्रबारको राशिफल । मेष : दिन राम्रो छ। यात्रा सहज बन्ने

काठमाडौँ, ११ भदाै । ओम नेपाल फाउन्डेसनले बाढी पीडितकाे सहयाेगकाे लागि सरकारले सञ्चालनमा ल्याएकाे खातामा ५० हजार सहयाेग गरेकाे छ