काठमाडौँ, २० असार । काठमाडौँ महानगरपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ ।
शुक्रबार महानगरका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले महानगरपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरेकी हुन् । डङ्गोलले खोप बालबालिकाको जन्मसिद्ध अधिकार भएको उल्लेख गर्दै आफ्ना अधिकारका बारेमा बोल्न नसक्ने बालबालिकालाई अभिभावक र सरकारले सहयोग गर्नुपर्नेमा जोड दिइन् ।
उनले पूर्ण खोप सुनिश्चित गर्न २०८२ जेठ २८ गतेदेखि स्वास्थ्य विभागले खोप लगाउनबाट छुटेका लक्षित समूहका बालबालिका खोज्ने र खोप लगाउने कार्यक्रम ‘घरधुरी सर्वेक्षण’ प्रारम्भ गरेको बताइन् ।





