एकै दिन २० लाख बढी राजस्व सङ्कलन

काठमाडौँ, २० असार । पछिल्लो २४ घण्टामा दुई हजार जना सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त कारबाहीबाट राज्यकोषमा रु २० लाख चार हजार १४ राजस्व दाखिला भएको छ । ट्राफिक प्रहरीका अनुसार मादकपदार्थ सेवन गरेका ६१, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १२९, सङ्केत बत्ती उल्लङ्घनकर्ता ६१ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका ११३ जनालाई कारबाही गरिएको हो ।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १०७, निषेधित क्षेत्रमा हर्न बजाउने ८४, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ९३, एकतर्फी सडकमा सवारी चलाउने ९६ र अन्य सवारी नियम पालना नगरेका एक हजार २५६ गरी कूल दुई हजार जनालाई कारबाही गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० असार । बालेन शाह नेतृत्वको सरकार गठनको आज सय दिन पूरा भएको छ । सय दिन पूरा भएको

काठमाडौँ, २० असार । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सार्वजनिक खरिदसँग सम्बन्धित कानुनहरू अत्याधिक जटिल र संकुचित भएका कारण

काठमाडौँ, २० असार । नेकपा (एमाले)को सांसद रामकुमारी झाँक्रीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेकी छन् ।

काठमाडौँ, २० असार । काठमाडौँ महानगरपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । शुक्रबार महानगरका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले महानगरपालिकालाई