गण्डकीका ६ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा

पोखरा, २० असार ।  गण्डकी प्रदेशको कास्की, स्याङ्जा, पवर्त, म्याग्दी, मुस्ताङ र मनाङलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको जिल्ला घोषणा गरिएको छ ।

बाँकी पाँच जिल्ला घोषणाको तयारीमा रहेको प्रादेशिक जनस्वास्थ्य केन्द्रले जनाएको छ । बिहीबार कास्कीलाई घोषणा गरिएसँगै यस वर्ष पूर्ण खोप सुनिश्चित भएका जिल्लाको सङ्ख्या छ पुगेको हो । आगामी शनिबार बागलुङ, आइतबार लमजुङ, सोमबार गोरखा र तनहुँलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको जिल्ला घोषणा गनिने केन्द्रका खोप अधिकृत एकनारायण लम्सालले बताए । 

जन्मेदेखि २३ महिनाभित्रका बालबालिकाले आवश्यक सबै खोप पाएपछि पूर्ण खोप सुनिश्चितता एवं दिगोपना घोषणा गर्ने गरिएको छ । प्रदेशका झण्डै २५ हजार बालबालिकालाई नियमित खोपको दायरामा ल्याइएको प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सबै जिल्ला घोषणा भएपछि गण्डकीलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा आजदेखि काठमाडौँमा सुरु हुने भएको छ ।  दिउँसो २ बजे खुलामञ्चमा

काठमाडौँ, १८ असोज । २०८३ साल असोज १८ गते आइतबारको राशिफल । मेष : दिन सामान्य राम्रो छ। सामाजिक काममा आंशिक

काठमाडौँ, १७ असोज । कैलालीमा ड्यूटीमै रहेका नेपाल प्रहरीमाथि कुटपिट गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । प्रहरीका अनुसार भजनी

काठमाडौँ, १७ असोज । जापानिज इन्सेफलाइटिस (जेई)बाट हालसम्म १३१ जनामा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाको