घट्यो नेप्से

काठमाडौँ, १९ असार । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अङ्क घटेर बन्द भएको छ ।

शुक्रबार नेप्से परिसूचक ८.३० अङ्क घटेर २ हजार ६५३.४० विन्दुमा झरेको छ । आज कारोबारमा आएका ३४५ कम्पनीको ८५ लाख ८४ हजार कित्ता शेयर ४ अर्ब ४१ करोड २३ लाख ४० हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । 

नेप्से घटे पनि कारोबार रकम भने वृद्धि भएको छ । बिहीबार ४ अर्ब ११ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो । १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ । जसमा वित्त उपसमूहको परिसूचक १.०६ प्रतिशत बढेको छ । त्यस्तै, विकास बैंक, जलविद्युत, लघुवित्त र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ ।

नेप्से सामान्य अङ्कले घटे पनि तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।जसमा सानिगाड हाइड्रो, स्नो रिभर्स र कालंगा हाइड्रोको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको भने सेयर मूल्य १३.६५ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा एग्रीकल्चरल बण्डको ४३ करोड रुपैयाँ बराबरको सो बण्ड किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, १९ असार । समृद्ध, व्यवस्थित र आत्मनिर्भर स्थानीय सरकार निर्माणका लागि कर प्रणालीलाई प्रभावकारी बनाउनु अपरिहार्य रहेको सरोकारवालाहरूले बताएका छन्।

काठमाडौँ, १९ असार । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अङ्क घटेर बन्द भएको छ । शुक्रबार नेप्से परिसूचक

भक्तपुर, १९ असार । सूर्यविनायक वडा नं. ४ मा केन्द्रीय कार्यालयल रहेको नेपाल फुलवारी वेष्ट थ्री आर पोलुशन कन्ट्रोल सर्भिस

काठमाडौँ, १९ असार । सरकारले २३ र २४ भदौको जेनजी आन्दोलनका क्रममा भएको क्षतिको पुनर्निर्माणका लागि स्थापना गरेको भौतिक पूर्वाधार