अस्ट्रेलियामा भिसा शुल्कमा व्यापक वृद्धि 

एजेन्सी, १९ असार । अस्ट्रेलियाको संघीय सरकारले नयाँ आर्थिक वर्ष २०२६/२७ को सुरुआतसँगै यही जुलाई १ देखि लागू हुने गरी विभिन्न भिसा शुल्कमा उल्लेख्य वृद्धि गरेको छ ।

यस निर्णयले विशेषगरी अन्तर्राष्ट्रिय विद्यार्थी, अध्ययनपछि रोजगारी गर्ने, तथा विदेशी कामदारलाई प्रायोजन गर्ने कम्पनीहरूमा थप आर्थिक भार पर्ने भएको छ ।

नयाँ व्यवस्थाअनुसार विद्यार्थी भिसा (सबक्लास ५००) को शुल्क २ हजार अस्ट्रेलियन डलरबाट बढाएर २ हजार ५ सय डलर पुगेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएकाे छन्। पछिल्लो दुई वर्षमा यो शुल्क ७१० डलरबाट बढेर २ हजार ५ सय डलरसम्म पुगेको हो ।

सरकारले पहिलोपटक अंग्रेजी भाषा अध्ययनका लागि मात्रै आउने विद्यार्थीका लागि छुट्टै शुल्क निर्धारण गर्दै २ हजार ५० अस्ट्रेलियन डलर कायम गरेको छ। यस्तै, अध्ययनपछि काम गर्न पाइने ग्राजुएट भिसा (सबक्लास ४८५) को शुल्क पनि ५ हजार ७५० अस्ट्रेलियन डलर पुगेको छ ।

शुल्क वृद्धिको प्रत्यक्ष असर अध्ययन पूरा गरेर अस्ट्रेलियामै रोजगारी र स्थायी बसोबासको तयारीमा रहेका विद्यार्थी तथा उनीहरूलाई प्रायोजन गर्ने रोजगारदाता कम्पनीहरूमा पर्ने अपेक्षा गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना असमझदारी र मतभेदलाई व्यवस्थापन गर्दै आन्तरिक एकता

काठमाडौँ, १४ असोज । प्रधानमन्त्री वालेन्द्र शाहज्यूले सांसद्हरुलाई आफ्नो विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गरेका छन्  । आज सिंहदरबारस्थित प्रधानमन्त्री

काठमाडौँ, १४ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकलाई सहज, गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउनु प्रदेश

काठमाडौँ, १४ असोज । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सिंहदरबारमा बस्दै छ । संसद् सचिवालयका अनुसार बैठकमा