मुख्यमन्त्री शाह परे ट्राफिक कारबाहीमा

काठमाडौँ, १८ असार । हेलमेटबिना मोटरसाइकल चलाएको कसुरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक कारबाहीमा परेका छन् ।

आफ्नो निवास परिसरमा शाहले हेलमेट नलगाई बुलेट बाइक चलाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै चौतर्फी आलोचना गरिएको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक रेशम आचार्यसहितको टोली मुख्यमन्त्रीको निवासमै पुगेर चिट काटेको छ । मुख्यमन्त्रीलाई थमाइएको चिटमा ‘हेल्मेट नलगाई सवारी चलाएको’ कसुर उल्लेख छ ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार मोटरसाइकल चालकले अनिवार्य रूपमा हेलमेट लगाउनुपर्ने व्यवस्था छ । हेलमेट नलगाई मोटरसाइकल चलाएको पाइए पहिलोपटक ५०० रुपैयाँ जरिवाना गरिनेछ । दोस्रोपटक एक हजार र त्यसपछि एक हजार ५०० रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था छ ।

मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव प्रयागराज खनालले आफ्नो टिकटक र पृथ्वी शाहले फेसबुकमार्फत उक्त भिडियो सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असार । ‘सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ प्रतिनिधिसभाबाट पारित भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा

काठमाडौँ, १८ असार । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान सरकारको नियुक्ति प्रक्रिया र कदमप्रति व्यङ्ग्य गरेका छन् । विश्वविद्यालयलाई राजनीतिमुक्त बनाउने

काठमाडौँ, १८ असार । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको दोस्रो अधिवेशनको ३० औँ बैठकमा विभिन्न चारवटा महत्त्वपूर्ण विधेयकहरू पारित गर्ने सम्भावित

काठमाडौँ, १७ असार । परराष्ट्रमन्त्री शिशिर खनालले मुस्ताङमा युरेनियम धातु उत्खनन गर्न कसैसँग कुनै खालको सम्झौता नभएको बताएका छन् ।  आज