‘स्पाइडर-म्यानः ब्रान्ड न्यु डे’को एक प्रमोसनल भिडियो सार्वजनिक

काठमाडौँ, १७ असार । फुटबल स्टार लियोनल मेस्सी मार्भलको बहुप्रतीक्षित नयाँ फिल्म ‘स्पाइडर-म्यानः ब्रान्ड न्यु डे’को एक प्रमोसनल भिडियोमा सरप्राइज क्यामियो भूमिकामा देखिएका छन् ।

सोनी पिक्चर्सले सन् २०२६ को फिफा विश्वकपलाई लक्षित गर्दै विश्वव्यापी बजार प्रवद्र्धनका लागि सार्वजनिक गरेको यस भाइरल विज्ञापनमा इन्टर मियामीका सुपरस्टार मेस्सीले मार्भल सिनेम्याटिक युनिभर्सका पिटर पार्कर (टम हल्यान्ड) सँग स्क्रिन सेयर गरेका हुन् ।

न्यूयोर्क सहरको एउटा शान्त कफी शपमा पिटर पार्कर फोनमा कुरा गरिरहेको अवस्थामा मेस्सी आफ्नो मोबाइलमा काल्पनिक ‘स्पाइडी ट्रयाकर’ एप प्रयोग गर्दै त्यहाँ प्रवेश गरेपछि भिडियोको कथा सुरु हुन्छ ।

मेस्सीलाई देखेपछि पिटर त्यहाँबाट सुटुक्क निस्केर स्पाइडर-म्यानको पूर्ण रूपमा सजिएर फर्कन्छन् र मेस्सीले स्पेनिस भाषामा अचम्म मान्दै सोधेको प्रश्नपछि स्पाइडर–म्यानले उनलाई न्यूयोर्कको आकाशमा वेब–स्लिङ्गिङ (जालको सहारामा) सयर गराउँछन् ।

यो प्रचारप्रसार भिडियोले इन्टरनेटमा निकै ठूलो चर्चा र उत्साह पैदा गरे पनि मेस्सी मुख्य चलचित्रको कलाकार टोलीमा भने सामेल छैनन् र यो केवल एउटा मार्केटिङ स्टन्ट मात्र हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्