भेनेजुएला भूकम्पमा ५८ हजार भवन क्षतिग्रस्त भएको नासाको स्याटेलाइट विश्लेषण

एजेन्सी, १७ असार । भेनेजुएलामा जुन २४ मा गएको शक्तिशाली भूकम्पबाट भएको क्षतिको दायरा सरकारी अनुमानभन्दा निकै ठूलो हुन सक्ने देखिएको छ । 

अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)ले सार्वजनिक गरेको प्रारम्भिक स्याटेलाइट विश्लेषणअनुसार करिब ५८ हजार ८७० वटा भवन पूर्ण रूपमा ध्वस्त वा क्षतिग्रस्त भएको हुनसक्ने अनुमान गरिएको छ ।

दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा एक शताब्दीयताकै सबैभन्दा विनाशकारी मानिएको ७.२ र ७.५ म्याग्निच्युडका भूकम्पका कारण हालसम्म करिब एक हजार ७०० जनाको मृत्यु भइसकेको छ । हजारौँ मानिस अझै बेपत्ता रहेका छन् ।

ओरेगन स्टेट युनिभर्सिटीका अनुसन्धानकर्ता कोरी शेर र जेमन भ्यान डेन होकले युरोपेली अन्तरिक्ष एजेन्सीको उच्च–रिजोल्युसन राडार स्याटेलाइट सेन्टिनल–१ बाट प्राप्त तथ्यांकको विश्लेषण गरेका हुन् ।

अनुसन्धानकर्ताहरूका अनुसार, भूकम्प गएको भोलिपल्ट संकलन गरिएको स्याटेलाइट राडार डेटाले प्रभावित क्षेत्रमा करिब ५८ हजार ८७० भवन क्षतिग्रस्त वा नष्ट भएको सम्भावना देखाएको छ ।

यद्यपि, उनीहरूले यो प्रारम्भिक मूल्यांकन मात्र भएको र स्याटेलाइटले सतहमा देखिएका आकस्मिक परिवर्तनका आधारमा अनुमान गर्ने भएकाले स्थलगत रूपमा यसको पूर्ण प्रमाणीकरण हुन बाँकी रहेको स्पष्ट पारेका छन् ।

यसअघि, भेनेजुएलाको नेशनल एसेम्बलीले आधिकारिक रूपमा ८५५ वटा भवन क्षतिग्रस्त भएको र तीमध्ये १८९ वटा भवन पूर्ण रूपमा ध्वस्त भएको जनाएको थियो ।

सरकारी तथ्यांक र स्याटेलाइट विश्लेषणबीच ठूलो अन्तर देखिएपछि नासाले विपद्का बेला स्याटेलाइटबाट प्राप्त सूचना राहत तथा उद्धार कार्यका लागि अत्यन्त महत्वपूर्ण हुने जनाएको छ । नासाका अनुसार यस्तो डेटा प्रयोग गरेर उद्धार टोलीहरूले बढी प्रभावित क्षेत्रको पहिचान गर्न, क्षतिको दायरा आकलन गर्न तथा राहत अभियानलाई अझ प्रभावकारी बनाउन सहयोग पुग्छ । एनडीटीभी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति

काठमाडौँ, १५ असोज । सरकारले संघीय निजामती सेवा विधेयक संसद्मा दर्ता गरेको छ । यो विधेयकले कर्मचारीतन्त्रमा अहिले भइरहेको संरचनाहरू बदल्ने

काठमाडौँ, १५ असोज । भोलि राति १२ बजेदेखि संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न सरकारले सिफारिस गरेको छ । मंगलबार बसेको

काठमाडौँ, १५ असोज । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा (सामान्य प्रशासन समूह) का रा.प.तृतीय