समझदारीपत्रकाे उल्लङ्घन भए जवाफ दिने इरानको चेतावनी

एजेन्सी, १७ असार । पश्चिम एसियामा युद्ध अन्त्य गर्ने उद्देश्यले गरिएको समझदारीपत्र (एमओयू)को अमेरिकाले कुनै पनि उल्लङ्घन गरे त्यसको जवाफ दिइने इरानले चेतावनी दिएको छ।

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाइले मङ्गलबार आयोजित नियमित पत्रकार सम्मेलनमा समझदारीपत्रको उल्लङ्घन भए त्यसलाई बेवास्ता नगरिने बताए।

“हामी कुनै पनि कार्यलाई अनुत्तरित छोड्ने छैनौँ । इस्लामिक गणतन्त्र इरानका उद्देश्यविरुद्ध हुने कुनै पनि आक्रामक कदमको तत्काल र निर्णायक जवाफ दिइनेछ,” उनले भने। प्रवक्ता बकाइले त्यस्ता गतिविधि समझदारीपत्रको पहिलो धाराको उल्लङ्घन हुने बताउँदै उल्लङ्घन दोहोरिएमा सम्झौता कार्यान्वयन प्रक्रियाअघि बढाउन कठिनाइ उत्पन्न हुनसक्ने चेतावनी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

‘आवेदनदेखि निर्णय सम्म सबै अनलाइनबाटै’ काठमाडौँ, १६ असार । भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयले कर्मचारी सरुवा प्रक्रियालाई पूर्ण

काठमाडौँ, १६ असार । नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइका निम्ति व्यवसायी दीपक भट्टको फाइल झिकाउने आदेश

काठमाडौँ, १६ असार । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको जीवन दर्शन नै दर्शन सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट

भक्तपुर, १६ असार । सूर्यविनायक नगरपालिकाका-८ बालमैत्री स्थानीय शासनयुक्त घोषणा भएको छ । नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा अभियानअन्तर्गत आज