यसै वर्ष स्वदेश फर्किन्छु : शेख हसिना

एजेन्सी, १५ असार । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले मृत्युदण्डको सजाय सुनाइए पनि यसै वर्ष स्वदेश फर्किने घोषणा गरेकी छन् । उनी करिब दुई वर्षदेखि भारतमा बस्दै आएकी छन् ।

मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा मृत्युदण्डको सजाय सुनाइएकी तथा बंगलादेश सरकारले ‘फरार’ घोषित गरेकी ७८ वर्षीया हसिना सन् २०२४ को अगस्टको आन्दोलनपछि बंगलादेश छाडेर भारत पुगेकी थिइन् । त्यतिबेला विद्यार्थी नेतृत्वको जनआन्दोलनले उनको १५ वर्ष लामो शासनको अन्त्य गरेको थियो ।

देश छाडेपछि उनी सार्वजनिक रूपमा निकै कम देखिएकी छन् । यस वर्ष जनवरीमा नयाँदिल्लीस्थित प्रेस क्लबबाट प्रसारण गरिएको एक सम्बोधनबाहेक उनी सार्वजनिक कार्यक्रममा देखिएकी थिइनन् ।

भारतीय टेलिभिजन च्यानल एनडीटीभीलाई दिएको अन्तर्वार्तामा हसिनाले आफूलाई मृत्युदण्डको कुनै डर नभएको बताइन् । उनले आफ्नो विरुद्धको फैसला गैरकानुनी, असंवैधानिक र राजनीतिक उद्देश्यले प्रेरित भएको दाबी गरिन् ।

उनले भनिन्, ‘मेरो विरुद्ध धेरै षड्यन्त्र रचिए । तर हरेक षड्यन्त्रलाई पराजित गर्दै म जनताको मतबाट पाँच पटक प्रधानमन्त्री निर्वाचित भएँ र देशको अभूतपूर्व विकासका लागि काम गरेँ ।’

मृत्युदण्डको सजाय हुँदाहुँदै पनि बंगलादेश फर्किने वा नफर्किने भन्ने प्रश्नमा हसिनाले भनिन्, ‘म स्पष्ट रूपमा भन्न चाहन्छु, सबै अवरोध र षड्यन्त्र पार गर्दै म यसै वर्ष आफ्नो देश फर्किनेछु ।’

गत वर्ष नोभेम्बरमा ढाकाको एक अदालतले हसिनालाई हिंसामा उक्साएको, हत्या गर्न आदेश दिएको तथा अत्याचार रोक्न असफल भएको ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असार । नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले होल्डिङ सेन्टरमा राखिएका सुकुमबासीहरुको छिटोभन्दा छिटो वैज्ञानिक र मानवीय रूपमा

काठमाडौँ, १५ असार । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।  बोर्डका

काठमाडौँ, १५ असार । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पछिल्लो समय कम्युनिस्ट पार्टीहरू बिच भइरहेको एकता र संयुक्त मोर्चा बनाउने

काठमाडौँ, १५ असार । सङ्घीय संसद अन्तर्गत राष्ट्रिय सभाको एकाइसौँ अधिवेशनको २१ औँ बैठक आज बस्दैछ।  सोमबार अपराह्न १२:१५ बजे