असफलता छोप्न र शक्तिमा टिक्न देखाइएको भुत्ते हतियार : नेता बास्कोटा

काठमाडौँ, १५ असार । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पछिल्लो समय कम्युनिस्ट पार्टीहरू बिच भइरहेको एकता र संयुक्त मोर्चा बनाउने प्रयासप्रति तिखो टिप्पणी गरेका छन् । 

नेता बास्कोटाले आज सामाजिक सञ्जाल फेसबुकमा पोस्ट राख्दै पटकपटक फुटेको हाँडी फेरि जोड्ने लालसायुक्त राग चलेको भन्दै व्यङ्ग्य गरेका हुन् । 

उनले राजनीतिक वृत्तमा भइरहेका यस्ता प्रयासलाई नेतृत्वले आफ्नो असफलता लुकाउने प्रपञ्चको रूपमा अर्थ्याएका छन्। नेता बास्कोटाले देशमा भयङ्कर खतरा देखाएर नेतृत्वबाट यस्तो भाष्य निर्माण गर्न खोजिएको आरोप लगाएका छन्। 

उनले लेखेका छन्, ” पटकपटक फुटेको हाँडी फेरि जोड्ने लालसायुक्त राग चलेछ।भयङकर खतरा देखाउदै नेतृत्ववाट चलाईएको यो कथ्य रुपमा सुन्दर र सारमा आफ्नो असफलता छोप्न र शक्तिमा टिक्न देखाईएको भुत्ते हतियार हो।सुधार र शक्ति आर्जन चाहेकै हो भने पहिला फुटाएर गल्ती भो-भन।आफु छोडेर सहकर्मीलाई अघि बढ भन्न सक्छौ ?”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असार । नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले होल्डिङ सेन्टरमा राखिएका सुकुमबासीहरुको छिटोभन्दा छिटो वैज्ञानिक र मानवीय रूपमा

काठमाडौँ, १५ असार । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।  बोर्डका

काठमाडौँ, १५ असार । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पछिल्लो समय कम्युनिस्ट पार्टीहरू बिच भइरहेको एकता र संयुक्त मोर्चा बनाउने

काठमाडौँ, १५ असार । सङ्घीय संसद अन्तर्गत राष्ट्रिय सभाको एकाइसौँ अधिवेशनको २१ औँ बैठक आज बस्दैछ।  सोमबार अपराह्न १२:१५ बजे