राष्ट्रिय युवा सङ्घ नेपालको एक महिने वृक्षारोपण अभियान शुभारम्भ

काठमाडौँ, १४ असार । राष्ट्रिय युवा संघ नेपालले राष्ट्रिय वृक्षारोपण दिवस तथा ७५औँ मदन जयन्तीको अवसरमा सञ्चालन गर्ने एकमहिने बृहत् वृक्षारोपण अभियान कागेश्वरी मनोहरा नगरपालिका–१, गागलबाट शुभारम्भ गरेको छ।

नेकपा (एमाले)का नेता विशाल भट्टराईको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा वडा अध्यक्ष मुकुन्द गजुरेल, वडा नं. १ का आमा समूह, स्थानीय जनप्रतिनिधि, राष्ट्रिय युवा संघका नेता–कार्यकर्ता तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।

अभियानको शुभारम्भसँगै करिब ७०वटा विभिन्न प्रजातिका फलफूल तथा अन्य बिरुवा रोपिएको आयोजकले जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष महाराज गुरुङले वातावरण संरक्षण, उत्पादन वृद्धि र प्राकृतिक सन्तुलन कायम गर्न वृक्षारोपण अभियान सञ्चालन गरिएको बताउनुभयो। उहाँले जलवायु परिवर्तन, माटोको संरक्षण र प्राकृतिक प्रकोपको जोखिमलाई ध्यानमा राख्दै उत्पादनमुखी तथा वातावरणमैत्री बिरुवा रोप्न विशेष जोड दिइएको उल्लेख गर्नुभयो।

अध्यक्ष गुरुङले एकमहिने अभियान देशभरका सबै पालिकामा सञ्चालन गरिने जानकारी दिँदै वातावरण संरक्षणसँगै हरित नेपाल निर्माणमा युवाको सक्रिय सहभागिता सुनिश्चित गरिने बताउनुभयो। राष्ट्रिय युवा संघ नेपालले अभियानमा सबैको साथ, सहयोग र सहभागिताका लागि आह्वान गरेको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असार । पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का अभिनित आगामी फिल्म ‘अक्षरा’को पहिलो झलक सार्वजनिक भएको छ । डेब्यू फिल्म

काठमाडौँ, १२ असार । चलचित्र ‘इलिफेन्ट्स इन द फग’को नेपाल रिलिज तय भएको छ । विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा नेपाली

काठमाडौँ, १० असार । अभिनेता जितु नेपालको मुख्य भूमिका रहेको चलचित्र ‘कार्की साइँला’ को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ

काठमाडौँ, ९ असार । काठमाडौँको थापागाउँमा अवस्थित मण्डला थिएटरमा नाटक ‘इजलास’ मञ्चन हुने भएको छ । गत आइतबार (७ असार)मा