विश्वकप रंगशालामा अनमोल केसी

काठमाडौँ, १४ असार । अभिनेता अनमोल केसी विश्वकप फुटबल हेर्न अहिले अमेरिका पुगेका छन् ।

नेपाली समयानुसार आज बिहान भएको अर्जेन्टिना र जोर्डनबीचको खेल हेर्न अनमोल टेक्सासको ड्यालसस्थित रंगशालामा पुगेका थिए ।

उनले रंगशालामा रमाउँदै गरेका फोटो र भिडियो सोसल मिडियामा सेयर गरेका छन् । एक भिडियोमा लियोनल मेस्सीले मैदानमा खेल्दै गरेको देख्न सकिन्छ ।

बाल्यकालदेखि नै मेस्सीका प्रशंसक रहेका अनमोल आफ्नो फेभरेट टिम र खेलाडी मेस्सीको पक्षमा हुटिङ समेत गरे । अमेरिका जानुअघि अनलाइनखबरसँग कुरा गर्दै अनमोलले मिलेसम्म क्वार्टरफाइनलका अन्य खेल हेर्ने पनि बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असार । नेकपाका नेता झलनाथ खनालले कम्युनिस्ट एकताको विकल्प नभएको बताएका छन् । आज जननेता मदन भण्डारीको ७५

काठमाडौँ, १४ असार । मदन भण्डारी फाउण्डेसनले यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान प्रदान

काठमाडौँ, १४ असार । एमाले सांसद पुष्प कँडेलले पार्टीका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको रिहाइ माग गरेका छन् । आजको प्रतिनिधिसभा

काठमाडौँ, १४ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले ट्राफिक नियमको नाममा नागरिकलाई मात्र दण्डित गर्ने सरकारको तयारीप्रति प्रश्न