मदन भण्डारी जयन्ती: विशेष कार्यक्रम आयोजना

काठमाडौँ, १४ असार । आज तत्कालीन एमाले महासचिव मदन भण्डारीको ७५ औँ जन्मजयन्ती विशेष कार्यक्रम आयोजना गरी मनाईने भएको छ ।

यसै सन्दर्भमा मदन भण्डारी फाउन्डेसनले आइतबार अपराह्न काठमाडौँमा विशेष कार्यक्रम आयोजना गरेको छ । राष्ट्रिय सभा गृहमा आयोजित उक्त कार्यक्रमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । 

अतिथिका रूपमा पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र जसपा नेता उपेन्द्र यादवले ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ शीर्षकमा आफ्नो विचार राख्नेछन् । सोही कार्यक्रममा मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण गरिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असार । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा पनामालाई २–० ले पराजित गर्दै इंग्ल्यान्ड समूह विजेताका रूपमा

काठमाडौँ, १३ असार । फ्रान्स समूह ‘आइ’ को विजेता बनेको छ । नर्वेलाई ४-१ ले हराउँदै फ्रान्स विजेता बनेको हो ।

काठमाडौँ, १२ असार । नेपाल बक्सिङ महासंघको आयोजनामा जारी ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता–२०८३ अन्तर्गत दोस्रो दिन शुक्रबार

काठमाडौँ, ११ असार । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ राष्ट्रिय पुरुष तथा ११औँ राष्ट्रिय महिला बक्सिङ च्याम्पियनसिप–२०८३ अन्तर्गत उद्घाटन दिनका