ट्राफिक कारबाहीमा पाँच लाख ११ हजार राजस्व सङ्कलन

काठमाडौँ, १४ असार । बितेका २४ घण्टामा एक हजार ९२२ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ९२, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका ७८, सङ्केत बत्ती उल्लङ्घनकर्ता १२९ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका १३९ जनालाई कारबाही गरिएको हो ।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ४१, निषेधित क्षेत्रमा हर्न बजाउने ६७, कालो सिसायुक्त सवारीसाधन सञ्चालन गर्ने १०, एकतर्फी सडकमा सवारीसाधन चलाउने ७० र अन्य सवारी नियम पालना नगरेका एक हजार २९६ जनालाई कारबाही गरिएको हो । यसबाट राज्यकोषमा रु पाँच लाख ११ हजार ५०१ राजस्व दाखिला भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनगढी, १४ असार । कैलालीमा नदीमा डुबेर बालकको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका-११ आमबासामा कान्द्रा नदीमा डुबेर १० वर्षीय

धनगढी, १४ असार । कैलालीमा लागूऔषध खैरो हेरोइनसहित प्रहरीले छ जनालाई पक्राउ गरेको छ । धनगढीसहितका स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ

डोटी, १४ असार । डोटीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको बडीकेदार गाउँपालिका–२ खरहरमा घरमा शनिबार साँझ

रौतहट, १४ असार । बारासँग सीमा जोडिएको नेपाल–भारत सीमामा २ किलो अफिमसहित दुई नेपाली नागरिक र एक भारतीय नागरिक पक्राउ