काठमाडौँ, १३ असार । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी संगठनात्मक रुपमा पार्टी वन्न त बाँकी नै रहेको उल्लेख गर्नुभयो ।
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनमा नेतृत्व छनोट र निर्वाचन प्रणालीलाई लक्षित गर्दै उहाँले रास्वपा भनेकै रवि र रवि भनेकै रास्वपा भएको टिप्पणी गर्नुभयो ।
उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘हिजो ‘नो भोट’को चर्को वकालत गर्ने रास्वपाका साथीहरूले चितवन महाधिवेशनको चुनावी परिणाम हेर्नुभयोरु ‘नो भोट’को व्यवस्था हुन्थ्यो भने पदाधिकारीमा रवि र केन्द्रीय सदस्यमा जम्मा ९ जना मात्र चुनिने रहेछन् ! यसले प्रमाणित गर्छ— रास्वपा भनेकै रवि र रवि भनेकै रास्वपा हुन्। रास्वपा संगठनात्मक रुपमा पार्टी वन्न त वाँकी नै रहेछ ।’





