घट्यो नेप्से

काठमाडौँ, १२ असार । धितोपत्र बजारका सेयर कारोबार मापक नेप्से परिसूचक शुक्रबार झिनो अंकले घटको ।

नेप्से परिसूचक दुई अंकले ओरालो लागेर २६४९.५१ विन्दुमा पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.५५ अंकले ओरालो लागेर ४५७.६८ मा पुगेको भएको छ ।

कुल ३५९ कम्पनीको ७७ लाख २७ हजार ६४९ कित्ता सेयर तीन अर्ब ९४ करोड ५८ लाख चार हजार ५५२ रुपैयाँमा खरिदबिक्री भएको छ ।

कारोबारका आधारमा ग्लोबल आइएमई बैंकको डिबेञ्चर २०८६/८७ शीर्ष स्थानमा छ । यस्तै,  ग्लोबल आइएमई बैंकको डिवेञ्चर, २०८४/८५, नेपाल बैंकको डिवेञ्चर २०८७, आँखुखोला जलविद्युत् कम्पनी र सिटी होटेल शीर्ष स्थानमा छ ।

नेप्सेका अनुसार, स्नो रिभर फल्स, टक्सार पिलुवा खोला हाइड्रोपावर, याम्बलिङ हाइड्रोपावर, एनएमबी डिवेञ्चर २०८९/९० र एनएमबी डिवेञ्चर –२०९० का लगानीकर्ताले कमाएका छन् ।

यस्तै, कालिका लघुवित्त, सप्तकोसी डेभलपमेन्ट बैंक, एनआइसी एसिया ऋणपत्र २०८०, सोपान फर्मासिटिकल्स र माईखोला हाइड्रोपावरका लगानीकर्ताले भने गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असार । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी जब कैलालीको चिसापानी पुग्छ, तब एकछिन आफ्नै सौन्दर्य नियाल्न रोकिएझैँ

काठमाडौँ, १२ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ

काठमाडौँ, १२ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । Fixed by Nepal Rastra Bank